भारतको जीडीपी ७.८ प्रतिशतले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

भारतको जीडीपी ७.८ प्रतिशतले बढ्यो

एजेन्सी । भारतको अर्थतन्त्रले अक्टोबर–डिसेम्बर अवधिमा ७.८ प्रतिशतको वृद्धि देखाएको छ । सरकारले जारी गरेको तथ्यांकअनुसार यो वृद्धि नयाँ जीडीपी शृंखलामा आधारित छ । जसले आधार वर्षलाई २०११–१२ बाट २०२२–२३ मा परिवर्तन गरेको छ ।

अघिल्लो त्रैमासिक (जुलाई–सेप्टेम्बर) मा अर्थतन्त्र ८.४ प्रतिशतले बढेको थियो । यो तथ्यांक नयाँ जीडीपी शृंखलामा आधारित पहिलो रिलिज हो ।

यस अनुसार उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रले अर्थतन्त्रको उत्कृष्ट प्रदर्शनमा प्रमुख भूमिका खेलेको छ यो मजबुत वृद्धिले भारतलाई प्रमुख अर्थतन्त्रहरू मध्ये सबैभन्दा छिटो बढ्ने मुलुकको रूपमा कायम राखेको छ । जसले घरेलु माग, सेवा क्षेत्र र उत्पादनको लचिलोपनलाई प्रतिबिम्बित गर्दछ ।

Leave a Reply