आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि आयोगकाे निगरानी | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि आयोगकाे निगरानी

काठमाडाैं । निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन आयोगले सञ्चार माध्यमहरूको भुमिकामाथि पनि निगरानी बढाएको छ । निर्वाचन आचारसंहिताविपरीत मत सर्वेक्षण गर्ने र निर्वाचनलाई प्रत्यक्ष असर पार्ने अडियो तथा भिडियो सामग्री प्रशारण गर्ने मिडियाहरूलाई कारबाहीको दायरामा ल्याउन आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको हो ।

आयाेगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध रहेको र यसमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । तर निर्वाचन आयोग ऐनले दिएको अधिकार प्रयोग गरी जारी गरिएको आचारसंहिताको पालना गराउनु आयोगको दायित्व भएको उहाँले बताउनुभयो । सञ्चार जगतलाई नजिकबाट बुझ्ने र विज्ञता राख्ने निकाय भएकाले प्रेस काउन्सिलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर आवश्यक कदम चाल्नेमा आयोग विश्वस्त रहेको बताउनुभयो ।

विगतमा पनि काउन्सिलले आयोगको स्पिरिट अनुसार ‘होस्टेमा हैँसे’ गर्दै काम गरेको स्मरण गर्दै प्रवक्ता भट्टराईले यसपटक पनि सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनु भयो । यस कदमले प्रेस स्वतन्त्रता हनन नहुने बरु निर्वाचन आचारसंहिता पालना गराउन मद्दत पुग्ने आयोगको विश्वास छ ।

Leave a Reply