कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी

एजेन्सी । युरोपेली संघ (इयु) का एक उच्च अधिकारीले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी दिनुभएको छ  जसलाई विद्रोही नेताले तुरुन्तै खण्डन गर्दै सरकार नियन्त्रित क्षेत्रहरूमा सबैभन्दा खराब अवस्था रहेको आरोप लगाउनुभयो ।

युरोपेली आयुक्त हाद्जा लाहबिब, जो समानता, तयारी र संकट व्यवस्थापनकी कमिसनर हुन् । ले गोमा शहरमा भ्रमण गर्दै यो चेतावनी दिएकी थिइन् । गोमा मार्च २३ मुभमेन्ट विद्रोही समूहको नियन्त्रणमा छ । उनको यो भ्रमण किनशासा, वाण्डा र बुरुन्डीको क्षेत्रीय भ्रमणको क्रममा भएको थियो ।

यस भ्रमणको समयमा इयुले यस हप्ता ग्रेट लेक क्षेत्रमा, विशेष गरी पूर्वी कंगोमा द्वन्द्व पीडितहरूका लागि ८१.२ मिलियन युरो (लगभग ८८ मिलियन अमेरिकी डलर) मानवीय सहायता जारी गर्ने घोषणा गरेको थियो । लाहबिबले पत्रकारहरूसँग कुरा गर्दै किनशासादेखि किगाली, बुजुम्बुरा र अब गोमासम्म, आफ्नो एउटै सन्देश रहेको र मानवीय कानूनको सम्मान गर्नुपर्ने बताउनु भयो । उहाँले मानवीय कार्यकर्ताहरूलाई आफ्नो काम गर्न दिनुपर्ने बताउँदै भूगोलमा अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट उल्लंघन बढेको उल्लेख गर्नुभयो ।

Leave a Reply