काठमाडाैं । नेपाली काँग्रेसले आज पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरी नेपाली काँग्रेस केन्द्रिय प्रचार, प्रचार समितिले सो जानकारी गराएको हो ।
पार्टीको तर्फबाट प्रतिज्ञापत्रको रुपमा सो घोषणा पत्र जारी गरिने पार्टीका प्रवक्ता देवराज चालिसेले बताउनुभयो । उहाँले घोषणा पत्रमा सार्वजनिक गरिएका कार्यक्रमहरु सम्पन्न गर्ने मितिसहितको प्रतिज्ञा घोषणा पत्रमा समावेशी गरिने पनि बताउनुभयो ।
नेपाली काँग्रेसले घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरु पूरा गर्नका लागि समयसीमासहितको कार्यतालिका घोषणा पत्रमा उल्लेख गरिने जनाएको छ । प्रवक्ता चालिसेले काँग्रेस बदलिएको र त्यसले प्रतिज्ञा गरेका विषयहरु तोकिएको समय भित्र सम्पन्न गर्ने हुने गरी घोषणा पत्र ल्याउन लागिएको बताउनुभयो ।





