काठमाडौं,१ फागुन । भृकुटीमण्डपमा बृहत अन्तर्राष्ट्रिय कृषि मेला हुने भएको छ । श्री किसान इनोभेसन हबले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो ।
किसानलाई समृद्ध बनाउने उद्देश्यका साथ फागुन ३ देखि ६ गतेसम्म हुने बृहत अन्तर्राष्ट्रिय कृषि मेलामा नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको बारे विस्तृत जानकारी दिने व्यवस्था मिलाइएको छ । मेलामा कृषि, पशुपालन, माछापालन, कुखुरापालनजस्ता विषयमा विज्ञहरुले जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्नेछन ।
१ सय २० वटा भन्दा बढी स्टल राखिने मेलामा भारत, चीन, मलेसिया, इटाली, इजरायल, बंगलादेश, जर्मनी, बेल्जियम, नेदरल्याण्डस्सहित १० वटा भन्दा बढि देशहरु सहभागी हुनेछन ।