निर्वाचनलाई निष्पक्ष गराउन प्रहरीको भूमिका निर्णायक : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८२, बुधवार

निर्वाचनलाई निष्पक्ष गराउन प्रहरीको भूमिका निर्णायक : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि नेपाल प्रहरीको भुमिका संवेदनशील र निर्णायक हुने बताउनुभएको छ । काठमाडाैमा आयोजित नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक यात्राको कोशेढुंगाको संज्ञा दिँदै त्यसलाई सुनिश्चित गर्नु राज्यको दायित्व भएको तथ्य पनि स्मरण गराउनुभयो । उहाँले आसन्न निर्वाचन नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नुपर्ने समेत बताउनुभयो । प्रधानमन्त्री कार्कीले निर्वाचनमा कुनैपनि नागरिक घाइते हुन नहुनेतर्फ पनि प्रहरीहरुलाई सचेत गराउनुभयो ।

प्रधानमन्त्री कार्कीले प्रहरीहरुलाई कुनैपनि राजनीतिक दबाब, प्रभाव र पूर्वाग्रहभन्दा माथि उठेर काम गर्न पनि निर्देशन दिनुभयो।

Leave a Reply