सहकारीमा अपचलन भएकाे बचतकर्ताकाे एक लाखसम्म निक्षेप फिर्ताकाे तयारी | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

सहकारीमा अपचलन भएकाे बचतकर्ताकाे एक लाखसम्म निक्षेप फिर्ताकाे तयारी

काठमाडाैं । सरकारले सहकारीमा एक लाख तथा सोभन्दा कम रकम बचतकर्ताको अपचलन भएको निक्षेप फिर्ता गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्तागर्ने उद्देश्यले कार्यविधि तयार पारेको हो ।

सानो रकम फसेका पीडित नागरिकलाई चक्रिय कोष बनाएर रकम फिर्ता कार्यविधि निर्माण गरी अर्थ मन्त्रालयमा पठाइएको छ। अर्थ मन्त्रालयबाट कार्यविधि स्वीकृति प्राप्त भएपछि कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषद् लैजाने र त्यहाँबाट अनुमोदन भएपछि पीडितलाई बचत फिर्ता गरिने मन्त्रालयले जनाएको छ । पीडित परिवारलाई राज्यको प्रत्याभूति दिलाउन कम बचतकर्तालाई पहिलो चरणमा छिट्टै रकम फिर्ता गरिने मन्त्रालयको भनाई छ ।

अर्थ मन्त्रालयले निश्चित रकम बीउ पुँजीका रूपमा चक्रिय कोषमा जम्मा गर्नेछ । त्यसबाट समस्याग्रस्त घोषणा गरिएका सहकारीका बचतकर्तालाई रकम उपलब्ध गराइने बताइएको छ । ती सहकारी लिलाम गरी आएको रकम पुनः सोही कोषमा जम्मा गर्दै आर्थिक स्रोत व्यवस्थापन गरिने जनाइएको छ । पीडित बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि विभिन्न समिति गठन गरी राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् ।

Leave a Reply