काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनैपनि नागरिकले जीवन गुमाउन नपरोस् भन्नेकुरामा सरकार सचेत रहेको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो संकट आउन नदिन संघ, प्रदेश, स्थानीय सरकार र संवद्ध सबै पक्षको सहकार्य, प्रतिवद्धता र समर्पणको खाँचो समेत औँल्याउनुभयो ।
उहाँले शीतलहर र हिमपातका कारण संकटमा परेका समुदाय केन्द्रित पूर्वतयारी र प्रतिकार्य गर्न पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिनुभयो ।
गृहमन्त्री अर्यालले हिमपातले देशको चालु विकास प्रक्रिया समेत अवरुद्ध हुने अवस्था आउन दिन नहुने पनि बताउनुभयो ।





