लगातार घटेकाे सुनकाे मूल्य बिहीबार स्थिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

लगातार घटेकाे सुनकाे मूल्य बिहीबार स्थिर

काठमाडाैं । लगातार घटेको सुनको मूल्य स्थिर देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधबार र बिहीबार दुबै दिन स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ५३ डलरमा कारोबार भइरहेको छ । बिहीबार चाँदी भने तोलामा १५ रूपैयाँले बढेर दुई हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी दुई हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो । गत आईतवार एकै दिन प्रतितोला ११ हजार ६ सयले घटेर दुई लाख ४१ हजार नाै सय कायम भएको सुनको मूल्य सोमवार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो ।

मंगलवार फेरि प्रतितोला दुई हजार नाै सय घटेपछि दुई लाख ३७ हजारमा कारोबार भएको थियो । सुनचाँदी व्यवसायीहरुले पछिल्लो समय अमेरीकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ता अन्यत्र डाइभर्ट भएकाले सुनको भाउ अझ घट्ने बताउँदै आएका छन् ।

Leave a Reply