काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार आगजनी, तोडफोड र लुटमारको जगमा बनेको आरोप लगाउनुभएको छ । पार्टी मुख्यालय च्यासलमा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उहाँले सो जिकीर गर्नुभएको हो ।
अध्यक्ष ओलीले सरकारलाई संविधानले नचिनेको समेत दोहोर्याउनुभयो । उहाँले जनताको अभिमतबाट बनेको प्रतिनिधि सभा भंग गर्ने अधिकारी सरकारलाई कसले दियो भनि प्रश्न समेत गर्नुभयो ।
उहाँले भदौ २३ र २४ गतेको आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै त्यसले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको दाबी समेत गर्नुभयो ।
अध्यक्ष ओलीले मुलुकमा सरकारले प्रतिसोध साँध्ने खालको व्यवहार प्रर्दशन गरिरहेको समेत बताउनुभयो ।





