काठमाडौँ ।
इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशी जीवित रहेको प्रमाण नभेटिएको जनाएको छ । इजरायलको प्रधानमन्त्रीका सल्लाहकार जनरल गल हिर्शले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई विपीन जीवित रहेको प्रमाण आफूहरूसँग नरहेको जानकारी गराएका हुन् ।
मिडियाहरुमा विपिनबारे विभिन्न समाचार आइरहेकाले आफूले प्रधानमन्त्री कार्यालयमा बुझेको र त्यहाँका अधिकारीहरुले विपिनको अवस्था अझै थाहा हुन नसकेको राजदूत पण्डितले बताएका छन। उनले आधिकारिक निकायबाट पुष्टि नभई समाचार नलेख्न र पीडित परिवारको भावनामा चोट नपुर्याउन अनुरोध समेत गरे ।





