काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।
बिहीबार राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताएकी हुन् । उनले विदेशमा रहेका नेपाली मतदातालाई मतदान गराउने उपायको समेत खोजी गरिरहेको जानकारी दिइन् ।
उनले उत्साहका साथ निर्वाचनमा भाग लिई युवापुस्ताको मागबमोजिम योग्य व्यक्तिलाई निर्वाचित गराउन सबैलाई आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले निर्वाचनबाट मात्रै संविधान संशोधन गर्न सकिने बताइन् । आन्दोलनमा क्रममा उठाइएका कतिपय विषयहरू सरकारको भन्दा बाहिर भएकाले निर्वाचनमा सहभागी भएर संवैधानिक तरिकाले संशोधन गर्न उनले आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूको मुख्य माग भ्रष्टाचार र सुशासन रहेको बताउँदै सरकार त्यसप्रति जिम्मेवार भएर लाग्ने जिकिर गरिन् । उनले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको भत्र्सना गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाइन् ।
यस्ताे छ सम्बाेधनकाे पूर्णपाठ :





