राष्ट्रिय खाद्य बैंकले ३० करोडको आईपिओ निस्कासन गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

राष्ट्रिय खाद्य बैंकले ३० करोडको आईपिओ निस्कासन गर्ने

 

काठमाडौँ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले तिस करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि बैंकले इश्यू म्यानेजरको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई दिने सम्झौता गरेको हो।काठमाडौंको कोटेश्वर–३२, नरेफाटस्थित कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्झौतापत्रमा राष्ट्रिय खाद्य बैंक लिमिटेडका संस्थापक अध्यक्ष शङ्करनाथ उप्रेति, कम्पनी सचिव जिवनाथ धिताल र ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष उप्रेतिाले राष्ट्र बैंकलाई अझै सशक्त बनाउन र सर्वसाधारणलाई शेयरमार्फत जोड्ने उद्देश्यले आईपीओ ल्याउन लागिएको बताउनुुभयो । यसले संस्थागत पारदर्शिता र जनविश्वास दुवैलाई मजबुत पार्ने उहाँको भनाई छ ।
त्यस्तै, कार्यक्रममा कम्पनी सचिव जिवनाथ धितालले आईपीओ मार्फत आमजनताले खाद्य बैंकमा लगानी गर्ने अवसर पाउने बताउनुुभयो । उहाको अनुुसार स्वदेशी पूँजीलाई उत्पादनमुखी क्षेत्रमा परिचालन गर्नु हो। यस प्रक्रियाले हाम्रो दीर्घकालीन योजनामा गति ल्याउने उहाँले विश्वास व्यक्क्त गर्नुभयो । यता

ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मन्दिपलुइँटेलले इश्यू म्यानेजरको हैसियतमा आईपीओलाई सफ्ट, पारदर्शी र लगानीकर्तामैत्री बनाउने उल्लेख गर्नुभयो । खाद्य बैंक जस्तो संस्थाको विस्तारमा सघाउन पाउनु गर्वको विषय रहेको लुुइँटेलको भनाई छ ।

Leave a Reply