नेपालको समृद्धिको दिगो आधार पर्यटन : महासचिव पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८२, बुधवार

नेपालको समृद्धिको दिगो आधार पर्यटन : महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालको समृद्धिको दिगो आधार पर्यटन क्षेत्र रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोध गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको समृद्धिको आधार पर्यटन रहेको बुझेर संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी रहेको बताउनुभयो । उहाँले कुनैपनि मुलुकको विकासका लागि जनताको जीवनस्तर माथि उठाउनुपर्ने बताउनुभयो ।

उहाँले अभाव र गरिबीको बीचमा रहेर सम्पदा क्षेत्रहरुको आकर्षण वृद्धि गर्न नसकिने बताउनुभयो । उहाँले नेपालमा जनताको स्तर माथि उकास्ने कुरा भनेको कृषिको रुपान्तरण नै रहेको जिकिर गर्नुभयो ।

महासचिव पोखरेलले नपालको पर्यटनको केन्द्रबिन्दु कर्णाली प्रदेश हुने बताउनुभयो । उहाँले लुम्बिनी क्षेत्रलाई डिप्लोमेसीको सन्दर्भम नयाँ आयामका रुपबाट जोड्न सक्नुपर्ने बताउनुभयो ।

Leave a Reply