एजेन्सी । जुन २६ देखि पाकिस्तानभर वर्षासँग सम्बन्धित दुर्घटनामा तीन सय दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार ७२७ जना घाइते भएका छन् ।
एनडीएमएको पछिल्लो रिपोर्टअनुसार देशका विभिन्न भागहरूमा मुसलधारे मनसुनी वर्षा जारी रहँदा विगत २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पूर्वी पञ्जाव प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ १६३ जनाको मृत्यु भएको छ र ५७९ जना घाइते भएका छन् । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा ७१ जनाको मृत्यु भएको छ र ८६ जना घाइते भएका छन् ।
अधिकारीहरूले अगस्ट ५ देखि १० सम्म देशको माथिल्लो र मध्य भागहरूमा भारी मनसुनी वर्षा हुने चेतावनी दिएका छन् । प्रान्तीय सरकारहरूलाई निरन्तर वर्षाको बीचमा राहत कार्यहरू सञ्चालन गर्न र जोखिममा रहेका क्षेत्रहरूको निगरानी गर्न सल्लाह दिएका छन् ।





