संघीय संसद भवन निर्माण समयमै सक्नुपर्नेमा सांसदहरुको जोड | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

संघीय संसद भवन निर्माण समयमै सक्नुपर्नेमा सांसदहरुको जोड

काठमाडाैं । निर्माणाधीन संघीय संसद भवन र मर्मत भइरहेको ग्यालरी बैठक अर्थात पुरानो संसद भवनको काम समयमै सक्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।  सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरुले  पटक पटक म्याद र बजेट थप्ने तर कार्य प्रगति हुनु सरकारको कमजोरी रहेकाले समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा जाेड दिएका हुन् ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) सांसद श्रीकृष्णप्रसाद अधिकारीले संसद भवन निर्माणको काम अपेक्षित रुपमा अघि नबढ्नु सरकारको कमजोरी रहेको बताउनुभयो । उहाँले ग्यालरी बैठक र संसद भवन निर्माणको अवस्था खनिएको माटो व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) की सांसद सुमित्रा वि.सी.ले ठेक्का प्रणालीमा देखिएको अनियमितता र लागत समय व्यवस्थापनको कमजोरीकार संसद भवन निर्माण कार्यमा ढिलाई भइरहेको तर्क गर्नुभयो । उहाँले विकास निर्माणको समयमा अवधीको विषयमा कानूनमा आवश्यक संशोधन गर्न जरुरी रहेको पनि बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)की सांसद रेणु चन्दले निर्माणाधिन संसद भवनलाई समावेशी र अपाङ्गमैत्री बनाउनुपर्ने बताउनुभयो । निर्माणाधीन भवनहरु अपाङ्ग र महिलामैत्री छन् कि छैनन् ? उहाँको प्रश्न छ ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले संसद भवन निर्माण समयमै सकिनु पर्नेमा जोड दिनुभयो ।

 

Leave a Reply