एमालेले सत्ता गठबन्धनको न्यूनत्तम शिष्टाचार पनि पालना गरेन : सांसद निधि | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

एमालेले सत्ता गठबन्धनको न्यूनत्तम शिष्टाचार पनि पालना गरेन : सांसद निधि

काठमाडाैं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाउनुभएको छ । जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

सांसद निधिले नेपाली काँग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामुहिक अभियानमा जोडिन नखोजेको बताउनुभयो । एमालेले नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको उहाँको आरोप छ ।

मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकाहरुमा अवरोध गरेको आरोप उहाँकाे छ ।

सांसद निधीले राजनीतिक प्रतिशोधका कारण नेताहरु एउटाले ल्याएका योजनाहरु ल्याउन नदिने वा अवरोध गर्ने काममा लागेको आरोप लगाउनुभयो ।

Leave a Reply

ताजा समाचार