काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पछिल्लो समय न्यायालयप्रति आमनागरिकको विश्वास कमजोर भएको बताउनुभएको छ । संसदीय सुनुवाइ समितिको बैठकमा सोमबार बोल्दै उहाँले न्यायालयप्रति आम जनताको भरोसा टुट्न खोजेको स्थिति रहेको बताउनुभयो ।
उहाँले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापालाई यसबारे तपाईंका योजना के छन् ? भन्दै प्रश्न गर्नुभयो । न्यायाधीशहरुको भूमिकाहरुप्रति नै आमनागरिकहरुले प्रश्न उठाउने गरेको उहाँकाे भनाइ छ।
प्रमुख सचेतक बर्तौलाले न्यायाधीशहरुले कतिपय विषयमा उपलब्ध तथ्य र प्रमाणभन्दा पनि आफू जोगिनका लागि र भीडबाट जोगिने गरी फैसला गर्ने गरेको जिकिर गर्नुभयाे ।





