विपदबाट हुने क्षति न्यूनीकरणका लागि सबै क्रियाशील बनाैँ : अध्यक्ष प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

विपदबाट हुने क्षति न्यूनीकरणका लागि सबै क्रियाशील बनाैँ : अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विपद् नआउँदासम्म त्यसको तयारीमा ध्यान नदिने प्रचलनलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपालमा विपद्को अवस्था र पूर्व तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले विपद् नआउँदासम्म त्यसको तयारीका लागि ध्यान त्यति नदिने र विपद् आइसकेपछि त्यसको तयारी नपुगेरै ठूलो क्षतिको सामना गर्न बाध्य हुनुपर्ने प्रचलन रहेको बताउनुभयो । उहाँले तयारी नभएकै कारणले विपद्बाट ठूलो क्षति भोग्नुपर्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले आवश्यक ऐन, कानून तथा अन्य प्राविधिक, समान र सञ्चारको तयारी सबै क्षेत्रमा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । अध्यक्ष दाहालले विपद् र त्यसबाट हुने क्षतिको गम्भीरता र संवेदनशीलतालाई बुझेर आवश्यक तयारीको लागि युद्ध स्तरमा लाग्न अपिल गर्दै निर्देशन समेत दिनुभयो ।

उहाँले विपद् हुने सम्भावित क्षतिलाई न्यूनीकरणका लागि सरकारी, गैरसरकारी, राजनीतिक दल, भातृ सङ्गठनलगायतका सबै सङ्घसंस्था क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply