भिजिट भिसा प्रकरणबारे संसद्‌मै सबै प्रश्नको जवाफ दिन्छु:गृहमन्त्री लेखक | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

भिजिट भिसा प्रकरणबारे संसद्‌मै सबै प्रश्नको जवाफ दिन्छु:गृहमन्त्री लेखक

जेठ २१ बुधबार ।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन ।राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए ।

गृहमन्त्री लेखकले समितिमा जवाफ दिँदा सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समितिका सदस्यहरुसँग आग्रह गरे।त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

तर माओवादी केन्द्रसहितका विपक्षी दलहरुले गृहमन्त्रीमाथि पनि छानबिन हुनुपर्ने र राजीनामा दिनुपर्ने मागसहित संसदमा अवरोध गर्दै आएका छन् ।आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे र राष्ट्रिय सवाको बैठक सवा एक बजे बस्दैछ ।
भिजिट भिसा प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीमाथि छानबिन गरिरहेको छ ।

Leave a Reply