विजयी उम्मेदवारको नाम प्रस्तावित गर्न दलहरूलाई दिइने समयसीमा घट्यो | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

काठमाडौं,२० माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक विजयी उम्मेदवारको नाम प्रस्तावित गर्न दलहरूलाई दिइने समयसीमा घटाउने भएको छ ।

आयोगले समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी ७ दिनको समय सिमालाई तीन दिनमा झारेको हो । प्रतिनिधिसभा परिणाम ढिलो भएकोमा आलोचना खेपीरहेको आयोगको यो निर्णयसँगै अब फागुन पाँच भित्र प्रतिनिधिसभाको सम्पुर्ण परिणाम सार्वजनिक हुने भएको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले प्रतिनिधिसभाको परिणाम छिटो दिन आफुहरुले यस्तो उपाय अवलम्वन गरेको बताए ।

आयोगले राष्ट्रिय सभाको मत परिणाम माघ २५ गते आइसक्ने र माघ २६ गते समानुपातिकको नामावली बुझाउन दलहरूलाई ३ दिन समय दिएर पत्राचार गरिने तयारी गरेको छ । दलहरूले नाम बुझाउने अवधि माघ २९ सम्म पाउने छन् । राजनीतिक दलले विजयी उम्मेदवारको नाम बुझाइसकेपछि नमिलेका विषय मिलाउन फेरि पाउने समयसीमा पनि दुई दिनमा झारीएको छ । आयोगले समानुपातिक निर्वाचन निर्देशिकाको दफा ३४ र ३५ को प्रावधान संशोधन गरेको हो ।

प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न भएको थियो । निर्वाचन भएको दुई महिना भइसक्दासम्म संवैधानिक प्रावधानका कारण आयोगले परिणाम दिन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);