काठमाडौँ, १९ माघ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको परीक्षाफल आज प्रकाशन भएको छ ।
उक्त परीक्षाहरुको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np तथा www.educationkhabar.com मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ । यसैगरी नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी तथा ४९४९ मा म्यासेज गरेर पनि थाहा पाउन सकिने पनिकाले जनाएको छ ।