२०८१,१२,४
आज पनि सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ आज पनि हिजो जस्तै तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।गएको चैत १ गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको दुई हजार ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ४५ रुपैयाँ रहेको थियो ।