राजनीतिक दल कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न सकेनन्, उर्मिला अर्याल | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८१, सोमबार

राजनीतिक दल कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न सकेनन्, उर्मिला अर्याल

२०८१,१२,४

नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राजनीतिक दलहरु कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसक्दा जनतमा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताएकी छन्। राष्ट्रियसभाको सोमवारको बैठकमा उनले राजनीतिक दलको यस्तै प्रवृत्तिको कारण जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहेको बताएकी हुन्।

विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा उत्पीडित वर्गको समस्या समाधान गर्नतर्फ राजनीतिक दलहरुको ध्यान जान जरुरी रहेको उनले बताइन्। उनले व्यवस्थाप्रति सबै राजनीतिक दलहरु सचेत हुन जरुरी रहेको बताएकी छन। उनले संघीयता कार्यान्वयनका विषयमा समेत प्रश्न उठ्न थालेको भन्दै विचार पुर्‍याउन सबै राजनीतिक दलहरुलाई आह्वान गरेकी हुुन ।

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र कुनै पनि हिसाबले हुन नसक्ने समेत उल्लेख ग्रेकी छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);