राप्रपाद्वारा भण्डाफोर सभाको घोषणा,फागुन २५ गते काठमाडौंमा हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

राप्रपाद्वारा भण्डाफोर सभाको घोषणा,फागुन २५ गते काठमाडौंमा हुने

फागुन ०८ बिहिबार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भण्डाफोर सभाको घोषणा गरेको छ । बिहीबार पार्टी महामन्त्री राजेन्द्र गुरुङले विज्ञप्ति जारी गर्दै सातै प्रदेशमा वृहत् भण्डाफोर सभा गर्ने जनाएका हुन् । भ्रष्टाचार, व्यथितिविरुद्ध र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने उनले बताए ।

महामन्त्री गुरुङका अनुसार फागुन ९ गतेदेखि प्रदेश स्तरीय भण्डाफोर सभा आयोजना गरिने भएको हो।उनका अनुसार भोलि पोखराबाट भण्डाफोर सभाको सुरुवात हुनेछ।

त्यस्तै बुटवलमा १७ गते, धनगढीमा १८ गते, जनकपुरमा २१ गते, काठमाडौंमा २५ गते र सुर्खेतमा २७ गते भण्डाफोर सभा आयोजना हुने महामन्त्री गुरुङले बताए।उनले भ्रष्टाचार, बेथितिविरुद्ध र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने बताए।

 

Leave a Reply