म आयु चाहिँ घोषणा गर्न सक्दिनँ, तर यो सरकार धेरै टिक्दैन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

म आयु चाहिँ घोषणा गर्न सक्दिनँ, तर यो सरकार धेरै टिक्दैन : प्रचण्ड

माघ १ मंगलबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार छिट्टै आफैं ढल्नेसमेत दाबी गरेका छन । सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटेमा मंगलबारदेखि सुरु हुने राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न आएका उनले प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले गरेको पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा पार्टी अहिले नै सरकार गिराउने र सरकारमा जाने अभ्यासमा नरहेको दाबी गरे ।

‘यो सरकार असंवैधानिक र अप्राकृतिक छ । त्यसैले सरकार टिकिराखोस् भन्ने हाम्रो चाहना छैन,’पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,‘मैले मिति घोषणा गर्न सक्दिनँ । तर, यो सरकारको आयु चाहिँ धेरै छैन ।’ सरकारको क्रियाकलाप हेर्दा नै यो धेरै नटिक्ने अवस्था आएको उनको भनाइ छ । अहिले आफूहरू जनताको बीचमा रहेको र त्यहीँ रिल्याक्स मिलिरहेकाले सरकार गिराउने र बनाउने खेलमा पार्टी नगाल्ने जिकिरसमेत अध्यक्ष दाहालले गरे ।

सरकारलाई असंवैधानिक,अप्राकृति संज्ञा दिँदै उनले यसको नियतमा खोट रहेको बताए । उनले अघि थपे,‘दुई तिहाइको सरकार भए पनि संसद् छलेर अध्यादेशमार्फत मुलुक चलाउने चेष्टा भइरहेको छ । यो निरिह सरकार हो ।’संविधानको एउटा धारा छाडेर अर्को प्रयोग गरी सरकार बनाइएकाले यो असंवैधानिक र अप्राकृतिक रहेको दाहालले तर्क गरे ।

उनले दबाबमार्फत् राष्ट्रपतिलाई निकै ठूलो धर्मसंकटमा पारेर यो सरकार बनाइएको उनले दाबी गरे ।‘राष्ट्रपति उपधारा ७६ को ३ अनुसारै सरकार बनाउन चाहानुहुन्थ्यो । तर, उहाँलाई दबाब दिएर ठूलो धर्मसंकटमा पारियो,’उनले भने।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);