२०८१,९, २७
संसदलाई ताला लगाएर मध्य राति मन्त्री परिषद बैठक बसेर प्रतिगामी प्रस्ताव माथि छलफल चलाएको नेकपा एसका नेता हस्त शाहीले आरोप लगाउनुु भएको छ । रोल ः
सरकारले अरु दललाई हेप्ने खालका गतिविधि गरेको भन्दै नेकपा एसका नेता हस्त बहादुुर शाहीले यस्तोे आरोप लगाउनुु भएको हो । सरकारको क्रियाकलाप देश र जनताको हित विपरित गइरहेको हुदा सरकारलाई महंगो पर्ने उहाको दावी छ । कार्यक्रममा समाजवादी मोर्चालाई सक्रिय बनाएर अगाडि बढ्दा यसले मात्र कम्युनिस्ट आन्दोलनको रुपान्तरण गर्दै दलाल पुजीवादलाई विस्तापित गर्न सक्छ भन्ने तर्क शाहीले राख्नु भएको छ । साथै कर्णाली प्रदेशको गौरबको आयोजना जनताको आर्थिक उत्पादनसंग जोडिएको अपर कर्णाली ९०० मेगावाट जलविद्युत आयोजना लाई जिएमआर कम्पनीले २००६ मा प्रारम्भ गरि २०१७ मा पहिलो सम्झौता पिडिए गरि हाल सम्म पिपिए समेत नगरेको उक्त आयोजना निर्माण गर्न २०२५ सम्म काम नगरेकोले त्यसको अध्यन गरि सम्बन्धि निकायलाई काम सञ्चालन गर्न दबाब दिने र काम नगरे सम्झौता खारेज गर्न सरकारलाई दबाब सिर्जना गर्ने नेताहरुले बताएका छन।
प्रमुख अतिथि प्रकाश ज्वालाले संविधान संशोधन राज्यको संरचना परिवर्तन ल्याउने स्थानिय निकायलाई बलियो बनाउने स्थानियको संख्या घटाउन, वडा संख्या बढाउने र प्रदेशको बारेमा पनि छलफल गर्ने बताउनुु भएको नेता हस्त बहादुुर शाहीले जानकारी दिनुुभयो ।