सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने सरकारको निर्णय

पौष २४ बुधबार
सरकारले सशस्त्र प्रहरीका चार नायब महानिरीक्षक डीआईजीको पदावधि एक वर्ष थप गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडामगर र कुलबहादुर नेम्वाङको म्याद थप गर्ने निर्णय गरेको हो । आजै राति १२ बजेबाट लागु हुनेगरी सशस्त्रका चार डीआईजीहरूको पदावधि थप गरेको हो ।

उनीहरू आजै मध्यरातिबाट अवकाशमा जाँदै थिए । सशस्त्रको मुख्यालयले दुई साताअघि नै उनीहरूको पदावधि थप गर्न सिफारिस गरेको थियो ।सशस्त्र प्रहरी बल नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा गरेको छ ।

 

Leave a Reply