काठमाडाैं, १७ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता लागू भएको अवधिभर आर्थिक सहायता रकम वितरण नगर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगको आज बसेको बैठकले आचार संहिता लागू भएको अवधिभर आर्थिक सहायता रकम उलब्ध नगर्न नगराउन अर्थ मन्त्रालय र सहायता रकम वितरण नगर्न नगराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
आयोगले आर्थिक सहायता वितरणको विवरण माग गर्न गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दासमेत विवरण प्राप्त हुन नसकेको भन्दै यस विषयमा सरकारका मुख्य सचिवलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू गरेको छ ।




