मधेस प्रदेशमा यस वर्ष धानको उत्पादन बढ्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २२ २०८१, शनिबार

मधेस प्रदेशमा यस वर्ष धानको उत्पादन बढ्यो

२०८१,०८,२२
मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गएको आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय ७ मेट्रिकटन धान उत्पादन भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन धान उत्पादन धेरै भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताए।यस वर्ष मधेस प्रदेशमा धानको उत्पादन बढ्नुमा बेलैमा मनसुन हुनु, रोपाइँको क्षेत्रफल बढ्नु, मल र बीउ पनि सहज उपलब्ध हुनुलाई मुख्य कारण मानिएको छ । रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको अधिकृत मेहताको भनाइ छ ।

गएको वर्षको तुलनामा यस वर्ष पाँच हजार दुई सय हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो । गएको वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादन भएको थियो भने चालू वर्ष प्रतिहेक्टर चार मेट्रिक टन धान उत्पादन भएको छ ।

मधेस प्रदेशमा सबैभन्दा धेरै सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा उत्पादन भएको छ । सप्तरीमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन र रौतहटमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन धान उत्पादन भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धानको खरिद प्रक्रियासमेत शुरु गरेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);