सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ आज | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ आज

२०८१,७,२३

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको आज संसदीय सुनुवाइ हुने भएको छ।सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ।

बैठक बिहान ११ बजे बोलाइएको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जनारकारी दिइन। यसअघि कात्तिक १४ गते सुनुवाइ गर्ने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको थियो।प्रस्तावित दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन्। समिति सभापति ईश्वरी न्यौपाने भने लामो समयदेखि विदेशमा रहेकी छन्। आजको बैठकमा पनि जेष्ठ सदस्यले बैठक सञ्चालन गर्नेछन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);