नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट डेढ महिनाभित्र पेट्रोल पनि आयात हुने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ८ २०८१, बिहीबार

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट डेढ महिनाभित्र पेट्रोल पनि आयात हुने

२०८१,०७,०८
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट छिटै पेट्रोल पनि आयात हुने भएको छ । नेपाल आयल निगमले अबको डेढ महिनाभित्र पाइपलाइनबाट पेट्रोल पनि आयात हुने जानकारी दिएको छ ।मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो परियोजनाअन्तर्गत नेपाल आयल निगमले गएको असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट पठाएर प्राविधिक परीक्षण गरिरहेको छ ।

निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम भइरहेको जानकारी दिनुभएको छ । उहाँले अहिलेसम्म पाइपलाइनबाट डिजल मात्रै आयात भइरहेकोमा अब डेढ महिनाभित्रमा पेट्रोल पनि पाइपलाइनबाटै ल्याउने बताएका छन ।पेट्रोल भण्डारणका लागि ४१ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्कीलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।

पाइपलाइनबाट पेट्रोल आयात हुन थालेपछि प्रतिलिटर तीन रुपैयाँका दरले ढुवानी भाडा बचत हुनेछ । अहिले पेट्रोल र मट्टीतेल भारतको बरौनीबाट ट्याङ्करमा ढुवानी हुँदै आएको छ । डिजेल भने २०७६ सालदेखि नै पाइप लाइनबाटै आयात भइरहेको छ ।मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनका लागि नेपाल आयल निगम र भारत आयल निगमले लागत साझेदारी गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);