रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी,पार्टी कार्यालयबाट पक्राउ गरि कास्की लैजाने तयारी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी,पार्टी कार्यालयबाट पक्राउ गरि कास्की लैजाने तयारी

२०८१,०७,०२
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई समातेर बुझाइदिन भन्दै सीआईबीलाई पत्र पठाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोसीआईबीका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली रविलाई पक्राउ गर्न खटिएको छ ।

पार्टी कार्यालयमा रास्वपा नेता कार्यकर्ता र सञ्चारकर्मीको भीड छ । प्रहरीले आजै कास्की लैजाने तयारी छ । रवि र रास्वपाले स्थलमार्गबाट जाने प्रस्ताव गरेका छन् । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सहकारी ठगीमा अनुसन्धान गर्न शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।पक्राउ पुर्जी जारी भएकाहरूमा रवि लामिछाने, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);