खुल्यो दशैं लक्षित सहुलियत पसल | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

खुल्यो दशैं लक्षित सहुलियत पसल

२०८१,६,३
सरकारले बिहीबारदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।४२ जिल्लाका ६३ स्थानमा बिहीबारदेखि खुलेका सुपथ मुल्य पसलका लागि सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ पर्वलक्षित पसलका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वमा सुपथ मूल्य पसल खोलेको हो । सुपथ मूल्य पसल आगामी माघ २ सम्म सञ्चालन हुने छ ।सहुलियत पसलको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको हो ।

काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायका बिक्री कक्षहरु खुलेकाछन् । उपत्यकाका सुपथ मूल्य पसलमा अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा समेत छ । उपत्यकाबाहिर भने कम्पनीको आफ्नै भौतिक पूर्वाधारहरु, जनशक्ति, आर्थिक स्रोत र साधनको सीमितताले सबै जिल्ला र पालिकामा पसल सञ्चालनमा सरकारको उपस्थिति देखाउनु चुनौतीपूर्ण भएको कम्पनीले जनाएको छ । सरकारले सुपथ मूल्य पसलमार्फत यस वर्ष ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको छ ।

कम्पनीका अनुसार विभिन्न प्रकारका चामल,दालमा प्रतिकेजी ५ रुपैयाँ छुट पाइनेछ।त्यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी÷प्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ। यसैगरी कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सीमा प्रतिकेजी ७ रुपैयाँ, जिउँदो खसीबोका च्यांग्रा, डीडीसी घ्यूमा प्रतिकेजी १० रुपैयाँ छुट पाइनेछ । कम्पनीले आवश्यकताअनुसार खाद्यान्न परिचालन गर्न ठेक्काको व्यवस्था समेत गरिसकेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);