इंग्ल्यान्ड युरो २०२४को फाइनलमा, नेदरल्याण्ड्स माथि २–१ गोल अन्तरको पुनरागमन जित | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

इंग्ल्यान्ड युरो २०२४को फाइनलमा, नेदरल्याण्ड्स माथि २–१ गोल अन्तरको पुनरागमन जित

२७, आषाढ २०८१ इंग्ल्यान्ड युरो २०२४को फाइनलमा पुगेको छ ।
नेदरल्यान्ड्सविरुद्ध अन्तिम समयमा गोल गरेर इङ्ल्यान्ड लगातार दोस्रो पटक युरोको फाइनलमा पुगेको हो ।

जर्मनीको डर्टमण्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स माथि २–१ गोल अन्तरको को पुनरागमन जित दर्ता गर्दै युरोप फाइनलमा स्थान पक्का गरेको हो ।

जाभी सिमोन्सले सातौं मिनेटमा नै नेदरल्याण्ड्सलाई अग्रता दिलाए । इंग्लिश मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल खोसेर बक्सको छेउबाट शक्तिशाली प्रहारमा गोल गर्दै सिमोन्सले डच टोलीलाई अग्रता दिलाएका हुन् ।

इङ्ल्यान्डले १८औं मिनेटमा पेनाल्टी मार्फत खेलमा बराबरी गर्यो । डेन्जेलडम्फ्रिजले ह्यारी केन माथि बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गर्दै खेल बराबरी गरे ।

खेलको अन्तिम समयमा गोल गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान पक्का गर्यो । ८१औं मिनेटमा मैदान प्रवेश गरेका दुई खेलाडीले गोलमा महत्वपूर्ण भूमिका खेले । कोल पालमरको पासमा ओली वाटकिन्सले विजयी गोल गरेका हुन् ।
इंग्ल्यान्ड युरो २०२४को फाइनलमा, नेदरल्याण्ड्स माथि २–१ गोल अन्तरको पुनरागमन जितइङ्ल्यान्डले अब उपाधिका लागि स्पेनसँग खेल्नेछ । स्पेनले पहिलो सेमीफाइनलमा फ्रान्स विरुद्ध २–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);