नेपालले चालु आर्थिक वर्षको ८ महीनामा आधा अर्ब रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

नेपालले चालु आर्थिक वर्षको ८ महीनामा आधा अर्ब रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात

नेपालले चालु आर्थिक वर्षको ८ महीनामा आधा अर्ब रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि फागुनसम्ममा नेपालबाट ६२ करोड ११ लाख ८४ हजार रुपैयाँ बराबरको १ हजार २७७ किलोग्राम यार्सागुम्बा विदेश निर्यात गरेको हो ।

गत आर्थिक वर्षको ८ महीनाको तुलनामा यो आर्थिक वर्षको उक्त अवधिमा यार्सागुम्बा निर्यात मूल्यका आधारमा ७० प्रतिशतले र परिणामका आधारमा १२६ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा नेपालले ३६ करोड ३४ लाख २ हजार रुपैयाँको ५६४ किलोग्राम यार्सागुम्बा निर्यात गरेक
ो थियो ।

नेपालबाट अस्ट्रेलिया, अस्ट्रिया, कम्बोडिया, चीन, चेक गणतन्त्र, ग्रीस, हङकङ, जापान, मलेसिया, मङ्गोलिया, रूस, सिङ्गापुर, अमेरिका, भियतनाम लगायतका देशमा यार्सागुम्बा निर्यात हुने गरेको छ ।

उक्त अवधिमा नेपालबाट हङकङमा सबैभन्दा धेरै यार्सागुम्बा निर्यात भएको छ । हङकङमा मात्रै २७ करोड १० लाख ५१ हजार रुपैयाँ बराबरको ४१२ किलोग्राम यार्सागुम्बा निकासी भएको छ ।

यार्सागुम्बा सर्वाधिक निर्यात हुने दोस्रो देशको सूचीमा चीन रहेको छ । उक्त अवधिमा चीनमा २२ करोड ८७ लाख ७५ हजार रुपैयाँ बराबरको ५७१ किलोग्राम यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्याङक छ ।

यस्तै कम्बोडियामा ४ करोड ५१ लाख २१ हजार रुपैयाँ बराबरको ८८ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांक छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);