बागमती प्रदेशका ६ मन्त्रीले दिए सामूहिक राजीनामा | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

बागमती प्रदेशका ६ मन्त्रीले दिए सामूहिक राजीनामा

बागमती प्रदेशका ६ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्।

संघीय सरकारको सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिएका हुन्।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा प्रदेशका अर्थमन्त्री बहादुरसिं लामा, संसदीय दलका उपनेता तथा प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तीर्थ लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी, वन तथा वातावरणमन्त्री मसिना खड्का र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले राजीनामा दिएका हुन्।

अर्थमन्त्री रहेका बहादुरसिं लामा र खानेपानीमन्त्री रहेका तीर्थ लामा बुधबार मात्रै स्वदेश फर्किएकाले कांग्रेसले आज बिहान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। बुधबार बिहान उपनेता चित्रकार र प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलबीच सरकार छाड्ने विषयमा छलफल भएको थियो।

निर्णयपछि पार्टीले प्रदेश राजधानी बाहिर रहेका मन्त्रीहरूलाई हेटौंडा आउन निर्देशन दिएको थियो

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);