राति शौचालय निस्किएकी किशोरीको कसले गर्यो हत्या ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

राति शौचालय निस्किएकी किशोरीको कसले गर्यो हत्या !

death body

काठमाडौं,२२ फागुन । मोरङमा एक बालिकाको हत्या भएको छ । पथरीशनिश्चरे–७ लामाटोलस्थित दाजुको घरमा बसेर अध्ययन गर्दै आएकी बालिका ज्ञानकुमारी राईको हत्या भएको प्रहरीले जनाएको छ । बालिकाको घर खोटाङ हो । उनी मामाको छोरा दाजु विनोदको घरमा बसेर पञ्चायत माविमा कक्षा सातमा अध्ययनरत थिइन् ।

विनोदले खाजा नास्ता पसल चलाउँदै आएका थिए । सोही पसलमा उनले फुर्सदको समयमा सहयोग पनि गर्दै आएकी थिइन् । सोमबार राति साढे १० बजेदेखि कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार गरेर बालिकाको हत्या भएको प्रहरीले जनाएको छ ।

शौचालय घर बाहिर भएकोले उनी बाहिर निस्किएको बुझिएको छ । हत्याको कारण र सम्लग्नबारे भने पहिचान भएको छैन् । प्रहरीले बालिकाको हत्या प्रेम सम्बन्ध हुनसक्ने अनुमान गरेको छ । चिनजानेकै ले घटना घटाएको हुनसक्ने प्रहरीको भनाइ छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);