राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा शंशाक कोईरालाको स्पष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा शंशाक कोईरालाको स्पष्टोक्ति

डा. शशांक कोइराला

काठमाडौं,२० फागुन । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताउनुभएको छ । शनिवार नेपाल शिक्षक संघ, जिल्ला समिति ललतिपुरको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको बताउनु भयो । कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उहाँको तर्क थियो । उहाँले राजनीतिको उत्ताचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेडिकल गर्दा एभ्रिथिङ इज अण्डर योर कन्ट्रोल । हात छ, सीप छ दिमाग छ । अप्रेशन गर्नुहुन्छ, हातमा कन्ट्रोल छ । आँखाको अप्रेशन गर्नुहुन्छ, ७० वटा जति आइक्याम्प गरेँ, लाखौँको अप्रेशन गरेँ रिजल्ट राम्रै भयो । तर राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ,हुन्छ अर्कै कुरा । कहिल्यै पनि आफ्ने नियन्त्रणमा हुँदैन । तर त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ ।’

नेता कोईरालाले आफूले उत्पादन गरेका डाक्टरहरु अहिले पैसा पाएपछि मात्रै अप्रेशन गर्ने गरेको र विवेक नभएका डाक्टर आफूले उत्पादन गरेको भन्दै पश्चताप गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);