जग्गा किर्ते गर्नेहरुलाई ठिक ठाउँमा ल्याउछौं: महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

जग्गा किर्ते गर्नेहरुलाई ठिक ठाउँमा ल्याउछौं: महामन्त्री थापा

काठमाडौं,११ फागुन । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्ताहरुलाई पार्टीको वरिपरी राख्नु नहुने बताउनुभएको छ । बिहीवार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका काँग्रेसका नेता, कार्यकर्ताहरुलाई पार्टीको वरिपरि राख्नु नहुने बताउनुभएको हो ।

उहाँले दाग लागेका मन्त्रीहरुलाई घर पठाउनुपर्ने बताउनु भयो । उहाँले काम गर्न नसक्ने मन्त्रीहरुलाई विश्राम दिनुपर्ने पनि बताउनु भयो । महामन्त्री थापाले काम गर्न नसक्ने वडाअध्यक्षलाई १० वर्ष घर बसाउनुपर्ने पनि बताउनु भयो । उहाँले यसो गर्न सकेमा काँग्रेसको शक्ति बढ्ने बताउनु भयो । उहाँले ०४६ साल पछाडी सार्वजनिक जिवनमा बसेको मान्छेको सम्पत्ति छानविन गर्नुपर्ने पनि बताउनु भयो । आफूमा लागेको दाग मेटाएर पार्टीलाई बलियो बनाउन सकेमा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरुलाई कारबाही गर्न सकिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हामी अहिले सरकारमा छौँ । सरकारमा भएर यसरी राम्रोसँग काम गरौँ । जसको कारणले गर्दा अर्को सरकारको बारेमा चिन्ता गर्नु नपरोस् । आम नागरिकहरु आज सरकारसँग सुशासन र डेलिभरीको कुरा खोजिरहेका छन् । भ्रष्टाचारीहरु एउटा पनि नउम्कियोस् । ठूलो माछाहरु समातियोस् । यसको निम्ति कानुन बनोस् । बनेको कानून बदल्नुपर्छ भने बदलियोस् । कांग्रेसको पहलमा हामीले कानून बनाउने केही पहलकदमीहरु लिएका छौँ । ०४६ साल पछाडी प्रत्येक सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानविन होस् भन्ने कानून नेपाली काँग्रेसको पहलकदमीमा यहीँ संसदबाट बनाएर सुशासनको सन्दर्भमा हामीले देखाउनुपर्ने छ । कतिपय ठाउँमा दाग लागेको छ । दाग पुछ्नका लागि ऐन पुछेर हुँदैन । दाग हामी आफैँले मेटाउनुपर्छ । हाम्रो घरलाई ठिक बनाइसकेपछि अनि बलियोसँग उभिएको काँग्रेसले नेताको नाममा सहकारी ठग्नेहरुलाई ठिक ठाउँमा लिएर आउँछ । जग्गा किर्ते गर्नेहरुलाई ठिक ठाउँमा ल्याउँछ । नागरिकता किर्ते गर्नेहरुलाई ठिक ठाउँमा ल्याउँछ । डेलिभरी गर्ने हाम्रो काम हो । जिम्मामा भएका हाम्रा सांसद मन्त्रीहरुले हिसाव किताव दिन सक्नुपर्छ । प्रत्येकले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुशी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिउँ । दाग लागेको मन्त्रीलाई घर पठाऔँ । अनि काम गरेर देखाऔँ काँग्रेसले । काम गर्न नसक्ने वडा अध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ । भ्रष्टाचारमा मुछिएका एउटा मान्छेलाई काँगेसले वरिपरि राख्दिनँ भनेर भन्न सक्नुपर्छ । भन्नुपर्छ । त्यसपछि हाम्रो शक्ति आफैँ बढ्दै जान्छ ।’

उहाँले काँग्रेस सरकारमा रहेकाले जनतालाई सुशासन र डेलिभरी दिन सक्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);