सरकारले भन्यो –१० हजार बढी विद्युतीय सवारी आयात हुँदा १ खर्ब बराबरको राजश्व कमी हुन्छ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

सरकारले भन्यो –१० हजार बढी विद्युतीय सवारी आयात हुँदा १ खर्ब बराबरको राजश्व कमी हुन्छ

काठमाडौं, ४ फागुन । सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युतीय सवारी साधन आयातमा वृद्धि भए १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति अनुरुप कर छुटका कारण चालु आ.व.को अन्त्यसम्म १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको हो ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा राजश्व संकलनको विषयमा जानकारी दिँदै अर्थ मन्त्रालयका राजश्व सचिव,भन्सार विभागका महानिर्देशक र आन्तरिक राजश्व विभागका महानिर्देशकले यस्तो बताएका हुन् । उनीहरुले सरकारले चालु आ.व.मा राजश्व संकलनमा लिएको लक्ष्यअनुसार नउठ्ने अवस्था देखिएका बताए । उनीहरुले मुलुकको आर्थिक गतिविधि सुस्तता, वैदेशिक व्यापारमा कमी र विद्युतीय सवारी साधनको आयातमा वृद्धि भएको कारण राजश्व संकलनमा कमी देखिएको बताए । उनीहरुले माघ मसान्तसम्म ५ हजार भन्दा बढी विद्युतीय सवारी साधन आयात हुँदा ५ अर्ब ७९ करोड राजश्व संकलन भएको भन्दै यही सख्यामा पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन आयात भएको भए ३५ अर्ब रुपैयाँको राजश्व संकलन हुने अवस्था रहेको बताए । बैठकमा बोल्दै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार विभागले माघ मसान्तसम्म भन्सार राजश्व २ खर्ब ३७ अर्ब उठाएको अवस्था रहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा भन्सार विभागले ६ खर्ब २७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य भएपनि राजश्व संकलनमा लक्ष्य भन्दा धेरै पछाडि रहेको स्पष्ट पार्नुभयो ।

उहाँले आर्थिक ऐनका विभिन्न प्रावधानले दिएको छुटका कारण खबौंको रुपैयाँ कमी आएको उल्लेख गर्नुभयो । महानिर्देशक पौडेलले मुलुकको वैदेशिक व्यापारतर्फ आयात व्यापार ३ र निर्यात व्यापार ७.५ प्रतिशतले घटेकाले पनि राजश्व संकलन कमी आएको बताउनु भयो । उहाँले माघ मसान्तसम्म ५ हजार २२९ वटा विद्युतीय सवारी साधन आयात हुँदा ५ अर्ब ७९ करोड राजश्व संकलन भएको बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनको ठाउँमा ५ हजार बढी सख्यामा पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन आयात भएको भए ३५ अर्ब रुपैयाँको राजश्व प्राप्त हुने अवस्था रहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्म पुग्दा करिव १० हजार भन्दा बढी विद्युतीय सवारी साधन आयात हुने देखिएकाले त्यसबाट चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको आयात वृद्धि हुँदा १ खर्ब बराबरको राजश्वमा कमी आउने देखिएको बताउनु भयो । उहाँले एलपी ग्यास र पेट्रोलिय पदार्थ लगायत अन्य केही वस्तुहरुको आयातमा कमी देखिएकाले चालु आ.व.को अन्त्यसम्ममा १० अर्ब ८१ करोड घटि राजश्व संकलन अवस्था देखिएको बताउनु भयो । उहाँले सरकारले विद्युतीय सवारी,पेट्रोलियम पदार्थ,तेल विभिन्न पार्टसहरुबाट१ खर्बको राजश्व गुमाउने देखिएको बताउनु भयो । उहाँले अहिले ६५ प्रतिशत राजश्व संकलन भएको अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘भन्सार विभागले माघ मसान्तसम्म भन्सार राजश्व २ खर्ब ३७ अर्ब उठाएको अवस्था छ । चालु आर्थिक वर्षमा भन्सार विभागले ६ खर्ब २७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य रहेको छ । तर राजश्व संकलनमा लक्ष्य भन्दा धेरै पछाडि रहेका छौं । आर्थिक ऐनका विभिन्न प्रावधानले दिएको छुटका कारण खबौंको रुपैयाँ कमी भएको छ । मुलुकको वैदेशिक व्यापारको विश्लेषण गर्दा राजश्व संकलनको ९० प्रतिशत लक्ष्य पुग्छौं । आयात व्यापार ३ र निर्यात व्यापार ७.५ प्रतिशतले घटेको अवस्था छ । जसको कारणले राजश्व भन्सार संकलनमा कमी आएको अवस्था छ । माघ मसान्तसम्म ५ हजार २२९ वटा विद्युतीय सवारी साधन आयात भएको छ । जम्मा ५ अर्ब ७९ करोड राजश्व संकलन भएको अवस्था छ । यदि यही संख्यामा पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन आयात भएको भए ३५ अर्ब रुपैयाँको राजश्व प्राप्त गर्ने थियौं । चालु आर्थिक वर्षको अन्त्यसम्म पुग्दा करिव १० हजार भन्दा बढी विद्युतीय सवारी साधन आयात हुने र त्यसले १ खर्ब बराबरको राजश्वमा कमी आउने देखिएको अवस्था छ । एलपी ग्यास र पेट्रोलिय पदार्थ पनि कम आएको कारण १० अर्ब ८१ करोड घटि राजश्व संकलन अवस्था देखिन्छ । सरकारले तीवटा आइटमबाट १ खर्बको राजश्व गुमाउने देखिएको छ । यी सबै भएको भए ९० प्रतिशत राजश्व संकलन हुने थियो । अहिले ६५ प्रतिशत राजश्व संकलन भएको अवस्था छ ।’

अर्थ मन्त्रालयका राजश्व सचिव डा.रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आन्तरिक राजश्व संकलन १०.०३ प्रतिशतले वृद्धि रहेको बताउनु भयो । उहाँले भन्सार विभाग तर्फ ९.९१ प्रतिशत,गैर कर तर्फ १२.६९ प्रतिशत गरी जम्मा १०.२४ प्रतिशत रहेको बताउनु भयो । उहाँले गत वर्ष विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले राजश्व संकलनको हिसाबले असाधरण वर्षको रुपमा रहे पनि चालु आर्थिक वर्षको ६ महिनाको अवधिलाई हेर्दा गत वर्षको तुलनामा राजश्व संकलन लयमा फर्किंदै गएको बताउनु भयो । उहाँले मुलुकको राजश्व संकलनमा सुधार आउन केही समय लाग्ने बताउनु भयो । उहाँले सरकारले लिएको लक्ष्यअनुसार राजश्व संकलन हुन सकेको स्वीकार गर्दै अर्धवार्षिक मूल्याङ्कनमा राजश्व संकलन लक्ष्यमा संशोधन गरिएको बताउनु भयो । उहाँले १४ खर्ब २२ अर्ब राजश्व संकलनको लक्ष्य रहेकोमा संशोधन गरेर १२ खर्ब २ अर्बको लक्ष्य कामय गरिएको बताउनु भयो । उहाँले यो वर्ष राजश्व संरचनामा परिर्वतन आएको कारणले पनि कमी भएको दाबी गर्नुभयो । पहिला पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनबाट उल्लेखिय मात्रामा राजश्व संकलन हुने भएपनि अहिले त्यसमा कमी आउँदा उल्लेख्य रुपमा राजश्व घटेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक गतिविधि चलायमान नहुँदा र अर्थतन्त्रमा ठूलो परिर्वतन नभएको कारण उल्लेखिय रुपमा राजश्व संकलन हुन नसकेको जिकिर गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी राजश्व मूल्यअभिवृद्धि करबाट उठेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आन्तरिक राजश्व संकलन १०.०३ प्रतिशतले वृद्धि रहेको छ । भन्सार विभाग तर्फ ९.९१ प्रतिशत,गैरकरतर्फ १२.६९ प्रतिशत गरी जम्मा १०.२४ प्रतिशत रहेको छ । अन्यमा भने राजश्व संकलन कमी भएको छ । गत वर्ष विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले राजश्व संकलनको हिसावले असाधरण वर्षको रुपमा लिएका थियौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिलाई हेर्दा गत वर्षको तुलनामा राजश्व संकलन लयमा फर्किदै गएको छ । तथापी राजश्व संकलनमा सुधार आउन केही समय लाग्छ । सरकारले लिएको लक्ष्यअनुसार राजश्व संकलन हुन सकेको छैन । त्यो कारणले पनि अर्धवार्षिक मूल्याङ्कनमा राजश्व संकलन संशोधित गरेका छौं । १४ खर्ब २२ अर्ब राजश्व संकलनको लक्ष्य रहेकोमा संशोधन गरेर १२ खर्ब २ अर्बको लक्ष्य कामय गरेका छौं । यो वर्ष राजश्व संरचनामा परिवर्तन आएको कारणले पनि कमी भएको हो । पहिला पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनबाट उल्लेखिय मात्रामा राजश्व संकलन हुने थियो । त्यसमा अहिले उल्लेख्य रुपमा घटेको अवस्था छ । जुन हिसावले आर्थिक गतिविधि चलायमान हुन्छन् भन्ने थियो । अर्थतन्त्रमा ठूलो परिवर्तन नभएको कारण उल्लेख्य रुपमा राजश्व संकलन हुन नसकेको छ । समग्रता मुलुकको वैदेशिक व्यापार घटेको अवस्था छ । ३.४७ प्रतिशतले वैदेशिक व्यापार घटेको अवस्था छ । चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी राजश्व मूल्यअभिवृद्धि करबाट उठेको देखिन्छ । जसमा ३१.९ प्रतिशत छ । दोस्रोमा आयकरबाट छ । जसमा २०.७ र भन्सारबाट २१.६ प्रतिशत रहेको छ ।’

 

आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालले चालु आर्थिक वर्षको १४ खर्ब २२ अर्बमध्ये ६ खर्ब ७७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले विभागले माघ अन्तिमसम्म ३ अर्ब ४७ अर्ब करिव राजश्व संकलन लक्ष्यको ८१ प्रतिशत मात्रै संकलन गरेको बताउनु भयो । उहाँले गत वर्षको तुलना गर्दा १० प्रतिशत बढी रहेको बताउनु भयो । उहाँले माघ महिनाको मात्रै लक्ष्य हेर्दा ४३ अर्ब भनेकोमा ३७ अर्ब राजश्व संकलन भएको बताउनु भयो । उहाँले वियर र चुरोटको अन्तःशुल्क घटेकाले वृद्धि कम भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चालु आर्थिक वर्षको १४ खर्ब २२ अर्बमध्ये ६ खर्ब ७७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य मन्त्रालयले तोकेको थियो । माघसम्मको अवस्था हेर्दा ३ अर्ब ४७ अर्ब करिव राजश्व संकलन लक्ष्यको ८१ प्रतिशत मात्रै संकलन गर्नसकेका छौं । गत वर्षको तुलना गर्दा १० प्रतिशत बढी रहेको छ । माघ महिनाको मात्रै लक्ष्य हेर्दा ४३ अर्ब भनेकोमा ३७ अर्ब राजश्व संकलन गरेका छौं । आयकर हेर्दा सन्तोषजनक रहेको छ । बियर र चुरोटको अन्तःशुल्क घटेकाले वृद्धि कम भएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा आयकरमा कमी हुने अवस्था छ । समग्र लक्ष्यको हिसाबले हेर्दा आर्तिक वर्षको अन्त्यसम्म हेर्दा ८० प्रतिशत बढी लक्ष्य पु¥याउने अनुमान छ । सरकारको अपेक्षा अनुसार कारोबार वृद्धि नहुँदा राजश्व लक्ष्य प्रभावित भएको छ । पुँजीगत खर्च निर्माण व्यवसायीको भुक्तानी लगायतको कारण वृद्धी हुन सकेन । आगामी दिनमा राजश्व संकलन पनि वृद्धि हुने अपेक्षा रहेको छ ।’

 

उहाँले चालु आ.व.मा आन्तरिक राजश्व ८० प्रतिशत बढी लक्ष्य पु¥याउने अनुमान रहेको बताउनु भयो । उहाँले सरकारको अपेक्षा अनुसार कारोबार वृद्धि नहुँदा राजश्व लक्ष्य प्रभावित भएको दाबी गर्नुभयो । उहाँले पुँजीगत खर्च निर्माण व्यवसायीको भुक्तानी लगायतको कारण वृद्धी हुन नसकेको बताउनु भयो । उहाँले आगामी दिनमा राजश्व संकलन पनि वृद्धि हुने अपेक्षा रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);