न्याय नपाई घर नफर्केने संकल्पसहित मिटरब्याज पीडितहरु काठमाडौंतर्फ हिंडे | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

न्याय नपाई घर नफर्केने संकल्पसहित मिटरब्याज पीडितहरु काठमाडौंतर्फ हिंडे

काठमाडौं,४ फागुन । न्यायको माग गर्दै देशभरिबाट मिटरब्याज पीडितहरु संघीय राजधानी काठमाडौँ आइरहेका छन् । शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरू बिहीबार चितवन आएर मिसिएपछि आज काठमाडौंका लागि हिडेका हुन् ।

उनीहरूको ठुलो समूह पैदल हिँडेर काठमाडौँतर्फ आइरहेको छ । पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेको भन्दै उनीहरूले मिटरब्याज पीडित संघर्ष समिति गठन गर्दै देशभरका मिटरब्याज पीडितहरूलाई संगठित गरेर न्याय मार्च गरिरहेका हुन् । यसअघि सरकारले छानबिन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थाले पनि त्यसबाट पूर्ण न्याय नमिलेको उनीहरूको गुनासो छ । सरकारले भने आयोगले समस्या समाधान गरेको भन्दै आयोगको प्रतिवेदन भने दराजमा थन्काएर राखेको छ ।

आयोगले करिब ५ हजार मिटर ब्याज पीडितको समस्या समाधान गरेको छ भने अझै १५ हजारभन्दा धेरै पीडितहरूको समस्या भने ज्यूँकात्यूँ छन् । मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण ‘फर्जी लिखत’ र ‘पीडितको सम्पत्तिको हक हस्तान्तरण’ बदर गरी अधिकार सम्पन्न न्यायिक छानबिन आयोग गठन गर्नु पर्ने उनिहरुको माग छ ।

मिटर ब्याजसम्बन्धी आर्थिक अपराधमा संलग्नलाई कडा कानुनी कारबाही हुने शक्तिशाली कानुन निर्माण हुनुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने, पीडितको अभिलेखीकरणका लागि नयाँ निवेदन खुलाउनुपर्ने, पीडक साहुमहाजनलाई पक्राउ गरिनुपर्ने उनिहरुको माग छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);