काठमाडौं,४ फागुन । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रवार पुनः बस्ने भएको छ । बिहीवारबाट शुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रश्तुत हुने नीतिगत प्रश्ताव प्रश्तुत गर्नुभएको पार्टीका नेता मिनबहादुर विश्वकर्माले बताउनु भयो ।
उहाँले आजको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुनुभएका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रको अवस्थामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले गरेको कामकारबाहीको बारेमा जानकारी गराउनुभएको पनि नेता विश्वकर्माले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसबाट सरकारमा जानुभएका मन्त्रीहरु विशेष गरी अर्थमन्त्री, नेपालको अर्थतन्त्र र पार्टीको दृष्टिकोणका बारेमा प्रश्तुती गर्नुभयो । लिखित प्रतिवेदन प्रश्तुत गर्नुभयो । स्वास्थ्यमन्त्रीले पनि मन्त्रालयको प्रगति सम्बन्धमा मन्त्रालयले गरेको कामका बारेमा जानकारी गराउनु भयो । समसामयिक राजनीतिक विषयमा महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो प्रश्तुती गर्नुभयो । महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसको सांगठनिक अवस्थाको बारेमा लामो ४५ पेजको प्रतिवेदन प्रश्तुत गर्नुभयो । पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रश्तुत हुने मुल प्रश्ताव नीतिगत प्रश्तावलाई ६४ पेजको प्रश्तावलाई सारांशमा समेटेर प्रश्तुत गर्नुभयो । बैठक भोलि बिहान ९ बजे पुनः बस्नेछ ।’ बैठक शुक्रवार बिहान ९ बजेबाट पुनः शुरु हुनेछ ।