काठमाडौं,२६ माघ । काठमाडौंमा एक दिने राष्ट्रिय हाइकु महोत्सव भएको छ ।
बिहीवार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हाइकु महोत्सव भएको हो । महोत्सवमा सहभागीहरुले ५ वटासम्म हाइकु सुनाएका थिए ।
महोत्सवमा हाइकु कविहरुले बढीमा ५ वटासम्म हाइकु सुनाउन पाउने व्यवस्था मिलाइएको थियो । जसअनुसार नेपालका अधिकांश हाइकु कविहरु उपस्थित भएका थिए । कार्यक्रम नेपाल हाइकु संघको आयोजनामा भएको हो ।