खैरो हेरोइनसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

खैरो हेरोइनसहित दुई जना पक्राउ

मोरङ,२३ माघ । अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

बिराटनगर महानगरपालिका–१३ बिराटनगर आँखा अस्पताल छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ९ मिलिग्रामसहित भारत घर भएका २६ वर्षीय सहजात अली समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार