काठमाडौं,२२ माघ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।
बैठक आज दिउँसो १ बजेबाट सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै राष्ट्रिय भसा अन्तर्गतको राष्ट्रिय सरोकार त्था समन्वय समितिको बैठक दिउँसो १ बजे नै बस्नेछ । बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय सम्बन्धी प्रादेशिक कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।