रकमसहित ७ जना जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

रकमसहित ७ जना जुवाडे पक्राउ

काभ्रे,५ माघ । जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

पनौती नगरपालिका–४ बसपार्कस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुलिखेल नगरपालिका–१२ बस्ने ४६ वर्षीय विकास तामाङ ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५ सय ७० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply