काठमाडौं,२५ पुस । राष्ट्रियसभा निर्वाचन पक्षमा पार्न सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचन समन्वय समिति गठन गरेको छ । गठबन्धनको बैठकले मंगलबार गठन गरेको राष्ट्रियसभा निर्वाचन समन्वय समितिले चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि विभिन्न उपाय र रणनीति लागू गरेर अघि बढ्ने छ ।
समितिमा कांग्रेसबाट रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीबाट मनिष सुमन रहनु भएको छ ।
सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई जिताउन दलहरुसँग समन्वय गर्नका लागि समितिले काम गर्ने भनिएको छ ।गठबन्धनको बैठकमा चार दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुको उपस्थिति थियो ।