काठमाडौं, ९ पुस ||
एपिएफले सोमवार कोशी प्रदेशमाथि आठ विकेटको जित निकाल्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ ।
एपिएफले मुलपानीमा कोशीमाथि जित निकाल्दै आफ्नो अपराजित यात्रा चार खेलसम्म पु¥याएको हो । पहिलोपटक राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा कोशीको भने चौथो खेलमा अपराजित यात्रा रोकिएको छ । कोशीले दिएको ८५ रनको सामान्य लक्ष्य एपिएफले मात्र दुई विकेट गुमाएर १७.३ ओभरमा पूरा ग¥यो । यससँगै एपिएफका चार खेलबाट चार जितसहित ८ अंकसहित शिर्ष स्थानमा यथावत छ । एपिएफको जितमा इन्दु बर्माले सर्वाधिक ३६ रनको अविजित इनिङ खेलिन् । उनले ३४ बलमा समान दुई चौका र छक्का हिर्काइन् । रोमा थापा १० रनमा अविजित रहिन् ।
कप्तान सीता रानामगरले १८ रन र ज्योति पाण्डले २४ रनको योगदान दिइन् । कोशीका बलरले कसिलो बलिङ गर्ने प्रयास गरे पनि जित निकाल्न सकेनन् । कोशीकी बलर सबनम राईले चार ओभरमा दुई मेडनसहित ९ रन मात्र खर्चे पनि विकेटविहीन रहिन् । निसा साह र एलिसा खडियाले समान एक विकेट निकाले । त्यसअघि कोशीले २० ओभरमा दुई विकेट मात्र गुमाए पनि सुस्त ब्याटिङ ग¥यो । कप्तान रुविना क्षेत्रीले ५८ बलमा ६ चौकासहित ४१ रन जोडिन् । काजोल श्रेष्ठले ४६ बलमा २५ रन र अप्सरी बेगमले १५ बलमा १३ रन जोडे ।
सोमवार नै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले वागमती प्रदेशमाथि ६ विकेटको जित निकाल्यो । चार खेलबाट सुदूरपश्चिमको यो तेस्रो जित हो । सुदूरपश्चिमले पनि एपिएफसँग हार व्यहोरेको थियो । वागमतीले दिएको ८८ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले मात्र चार विकेटको क्षतिमा १९औं ओभरमा पूरा ग¥यो । विन्दु रावलले २८ रन र कविता जोशीले अविजित २७ रनको इनिङ खेल्दै जित दिलाए । वागमतीका अस्मिना कर्मचार्य र सोनी पाख्रिनले समान एक विकेट लिँदा सुदूरपश्चिमले दुई विकेट रनआउटका रूपमा गुमाउन पुग्यो ।
त्यसअघि वागमतीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेटको क्षतिमा ८७ रनको योगफल बनायो । कन्चन श्रेष्ठले सर्वाधिक १९ रन जोड्दा हेलिशा गुरुङ १६ रन र सोनीले १३ रनको योगदान दिइन् । त्यसअघि मधेशले गण्डकी र लुम्बिनीले कर्णाली प्रदेशलाई हराए । पूजा महतोको अलराउण्डर प्रदर्शनमा मधेशले गण्डकीलाई २७ रनले स्तब्ध बनाउँदै चार खेलबाट दुई अंक जोड्यो । तेस्रो हार व्यहोरेको गण्डकीको पनि समान खेलबाट दुई अंक नै छ । मुलपानी क्रिकेट मैदानमा एक सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमै समेटियो ।
गण्डकीका लागि सुमन खतिवडाले ४२ र शृष्टि जैसीले १५ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।मधेशका लागि पूजा महतोले तीन तथा सरस्वतीकुमारी चौधरी, कप्तान कविता गौलमा र साक्षी यादवले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १२ रनको योगफल बनाएको थियो । पूजाले ३८, सरस्वतीकुमारी चौधरीले अविजित २६ र प्रतिमा शाहले १० रन बनाए । गण्डकीका लागि सुमन खतिवडाले तीन तथा कुशुम गोदार र शृष्टि जैसीले समान एक विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले कर्णालीमाथि ३० रनको जितसँगै चार खेलबाट चार अंक जोड्यो । कर्णाली भने चार खेलमा अंकविहिन छ । लुम्बिनीले प्रश्तुत गरेको एक सय ३४ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३ रन मात्र बनाउन सक्यो ।कर्णालीका लागि गौरी बोहराले २२, यमुना थारुले २१, अञ्जु गुरुङले अविजित १३ र रश्मि खड्काले अविजित ११ रन बनाए ।लुम्बिनीका लागि सरस्वती पुन र कृतिका मरासिनीले समान दुई तथा चमेली चौधरी र सर्मिला रोक्काले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३३ रनको योगलफल बनायो । लुम्बिनीका कप्तान सरस्वती घर्तीमगरले ६२ बलमा सात चौकाको मद्दतले अविजित ५३ रनको योगदान गरिन् । आस्मा पुलामी मगरले २५ र चमेली चौधरीले १८ रन बनाए । कर्णालीका लागि यमुना थारु, रश्मि खड्का र तिर्सना विश्वकर्माले समान एक विकेट लिए ।
प्रधानमन्त्री कप महिला क्रिकेटः एपीएफको चौथो जित
ताजा समाचार
डलरको भाउ अहिलेसम्मकै उच्च
३ दिन अघि