स्टक एक्स्चेन्जमा सूचीकृत ७ वटा बैंकले घोषणा गरे लाभांश | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

स्टक एक्स्चेन्जमा सूचीकृत ७ वटा बैंकले घोषणा गरे लाभांश

काठमाडौं, ९ पुस । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कुल १५ वटा विकास बैंकमध्ये ७ वटा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । दुईवटाले लाभांश नदिने घोषणा गरेका छन् । बाँकी धेरै विकास बैंकले लाभांश दिन सक्ने अवस्था छैन ।

ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् । लाभांशमा अधिकांश विकास बैंकले सेयर बोनसलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका ७ विकास बैंकमध्ये पनि ३ वटा विकास बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द भइसकेको छ ।

सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेकाले अब सेयर खरिद गर्नेले लाभांश पाउँदैनन् । बाँकी ४ वटा विकास बैंक मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंकको भने बुक क्लोज भइसकेको छैन । अहिले पनि सेयर खरिद गर्नेले यी ४ कम्पनीको लाभांश पाउने र साधारणसभामा भाग अधिकार राख्दछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);